नेभिगेशन
नेपाल प्रहरी

ब्राउन सुगरसहित दुई युवक दाङ प्रहरीको नियन्त्रणमा

दाङ। प्रहरीले दाङको घोराहीबाट ब्राउन सुगरसहित दुई जना युवकलाई पक्राउ गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार घोराही उपमहानगरपालिका-११ डोक्रेनाबाट ३२० मिलिग्राम ब्राउनसुगर सहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय नारायणपुरको टोलीले पक्राउ गरेको हो।

पक्राउ  पर्नेमा घोराही उपमहानगरपालिका-११ का २४ वर्षीय मानव बुढाथोकी र तुलसीपुर उपमहानगरपालिका-६ बरिगाउँका ३० वर्षीय सुनु विक रहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । 

शुक्रबार साँझ पक्राउ परेका उनीहरुविरुद्द आज दाङ जिल्ला अदालतबाट म्याद थप गर्ने बताइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्