नेभिगेशन
सुरक्षा अपडेट

काठमाडौंको बौद्ध भाटभटेनीभित्र ६ वटा शव भेटिए

काठमाडौँ । काठमाडौँको बौद्धमा रहेको भाटभटेनी सुपर स्टोरभित्र जलेको अवस्थामा आधा दर्जन शव फेला परेको छ।

काठमाडौं महानगरपालिका-७ बौद्धमा रहेको भाटभटेनी सुपर स्टोरमा पूर्ण रूपमा जलेको अवस्थामा ६ वटा मानव कङ्काल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले  जानकारी दिएको छ।

भाटभटेनीमा भेटिएका शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्