नेभिगेशन
सुरक्षा अपडेट

चितवनको जंगलमा एउटा ट्रक र २ वटा बस एकआपसमा ठोक्किए,३३ जना यात्रु घाइते

काठमाडौं । चितवनको टिकौली जंगलमा एउटा ट्रक र दुईवटा बस एकआपसमा ठोक्किँदा ३३ जना घाइते भएका छन् । जिल्लाको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा भएको दुर्घटनामा ३३ घाइतेमध्ये ८ जनाको अवस्था मध्यम खालको रहेको प्रहरीले जानकारी दिएको छ।

चितवन प्रहरीका अनुसार आज बिहाम करिब पौने २ बजे इँट्टा लोड गरेर पार्किङ गरिराखेको ना ६ ख ८१३ नम्बरको ट्रकमा गौरबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०३०० ख ०१२३ नम्बरको डल्फिन यात्रुबाहक बस ठोक्किएको र सोही बसमा जनकपुरबाट काठमाडौं तर्फ जाँदै गरेको बा प्र०३०० ख ३९०२ नम्बरको रुद्राक्ष यात्रुबाहक बस समेत ठोक्किएको हो।

दुर्घटना लगत्तै भरतपु्रस्थित  सशस्त्र प्रहरी नं. १७ गण आँपटारीबाट खटिएको टोलीले घाइतेहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । सशस्त्र प्रहरीका अनुसार दुर्घटनाका घाइतेहरुमध्ये चितवन मेडिकल कलेजमा १५ जना, नेशनल सिटी अस्पतालमा १३ जना र भरतपुर अस्पतालमा ५ जनाको उपचार भइरहेको छ

 चितवन प्रहरीले बाप्र०३–००१ख ३९०२ नम्बरको रुद्राक्ष बसका चालक धनुषा जिल्ला शहीद नगरपालिका–४ बस्ने ४३ वर्षीय कृष्ण मण्डललाई नियन्त्रणमा लिएको छ ।

यी हुन् चितवन मेडिकल कलेजमा उपचार भइरहेका घाइते-

१- उदयपुरको त्रियुगा नगरपालिका– १० बस्ने २० वर्षीय सार्थक बाबु श्रेष्ठ ।

२- धनुषाको जनकपुर उपमहानगरपालिका– १७ बस्ने ३९ वर्षीय सदाकत मिया ।

३- सोही ठाउँ बस्ने ५२ वर्षीय नरेन्द्र शाह ।

४- धनुषाको जनकपुर उपमहानगरपालिका– ७ बस्ने १७ वर्षीय समिर अन्सारी ।

५-  धनुषाको जनकपुर उपमहानगरपालिका– १ बस्ने ४६ वर्षीय बसन्त झा ।

६-  धनुषाको जनकपर उपमहानगरपालिका– ४ वस्ने ४९ वर्षीय मुकेशलाल कर्ण ।

७- सोही ठाउँ बस्ने ३४ वर्षीया अन्जु कर्ण ।

८- सोही ठाउँ बस्ने आरुष कर्ण ।

९- धनुषाको लक्ष्मीनिया गाउँपालिका– ४ बस्ने १९ वर्षीया विद्या चौधरी ।

१०- रौतहटको राजदेवी नगरपालिका– १ बस्ने २० वर्षीय अनिकेत कुमार साह ।

११-रौतहटको बृन्दावन नगरपालिका– ३ बस्ने ११ वर्षीय आरभ मिश्र ।

१२- रौतहटको राजदेवी नगरपालिका– १ बस्ने कुष्ण कमार साह ।

१३- रौतहटको गौर नगरपालिका–५ बस्ने ४१ वर्षीय मुकेश कुमार केसरी ।

१४- महोत्तरीको पिपरा गाउँपालिका– १ बस्ने गितादेवी यादव ।

१५- महोत्तरीको पिपरा गाउँपालिका–१ बस्ने ३७  वर्षीय राम श्रेष्ठ ।

नेशनल सिटी अस्पताल भरतपुरमा लगिएका घाइतेहरु

१- धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ बस्ने २८ वर्षीय आलोक कुमार राउत ।

२- धनुषाको जलेश्वर नगरपालिका–५ बस्ने २० वर्षीय आदित्य कुमार सिंह ।

३- सोही ठाउँ बस्ने ४३ वर्षीया रेखा सिंह ।

४- सोही ठाउँ बस्ने २१ वर्षीया अञ्जली सिंह ।

५- रौतहटको राजदेवी नगरपालिका–२ बस्ने २१ वर्षीय मोनु कुमार महतो ।

६- रौतहटको गौर नगरपालिका–९ बस्ने ६६ वर्षीया गम्भिरादेवी ठाकुर ।

७- रौतहटको गरुडा नगरपालिका–७ बस्ने ५० वर्षीय विजय साह ।

८- सोही ठाउँ बस्ने ४० वर्षीय उर्मिला कुमारी साह ।

९- रौतहटको बृन्दावन नगरपालिका–३ बस्ने ६२ वर्षीया सुनितादेवी मिश्रा ।

१०- भारत मोतिहारी बस्ने ३२ वर्षीय सुनिल प्रसाद ।

११- भारत मोतिहारी बस्ने २५ वर्षीया सुभद्रा कुमारी चौधरी ।

१२- भारत मोतिहारी बस्ने ७ वर्षीया पृया जैशवाल ।

१३- भारत मोतिहारी बस्ने ४ वर्षीया कृती जैशवाल ।

भरतपुर सरकारी अस्पतालमा लगिएका  घाइतेहरु

१- धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ बस्ने १९ वर्षीया दिव्या चौधरी ।

२- रौतहटको दुर्गाभगवती गाउँपालिका–२ बस्ने ३० वर्षीय राजकिशोर दास ।

३- रौतहटको माधवनारायण नगरपालिका–५ बस्ने १९ वर्षीय रोशी कुमार साह ।

४- सोही ठाउँ बस्ने २५ वर्षीय राजु दास ।

५- भारत मोतिहारी बस्ने २२ वर्षीय महमद साहेब ।

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्