नेभिगेशन
नेपाल प्रहरी

श्रोत नखुलेको १८ लाखसहित १९ वर्षीय युवक पक्राउ

काठमाडौँ — काठमाडौँ महानगरपालिका–६ स्थित तिनचुली क्षेत्रमा स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँ तथा प्रहरी वृत्त बौद्धको संयुक्त टोलीले आइतबार राति तिनचुली क्षेत्रबाट १८ लाख १६ हजार ५ सय रुपैयाँसहित एक जना १९ वर्षीय व्यक्तिलाई पक्राउ गरेको हो। पक्राउ परेका ती युवक ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका–१ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–६, आरूबारीमा बसोबास गर्दै आएका छन्।

नगद रकमको स्रोत खुल्न नसकेपछि उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण संकलन गर्ने कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्