नेभिगेशन
नेपाल प्रहरी

श्रोत नखुलेको ५७ लाख नगदसहित काभ्रेका ३४ वर्षीय युवक पक्राउ

काठमाडौं । श्रोत नखुलेको ५७  लाख रुपैयाँ  नगदसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले आज दिउँसो  काठमाडौं महानगरपालिका-१४ कुलेश्वरबाट सुरुमा स्रोत नखुलेको नगद २० लाख रूपैयाँसहित ३४ वर्षीय सरोज श्रेष्ठलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले  जानकारी दिएको छ।

प्रधान कार्यालयका अनुसार पक्राउ परेका सरोज काभ्रेको नमोबुद्ध नगरपालिका-९ घर भएर हाल कालिमाटी बस्दै आएका थिए। 

२० लाख नगदसहित पक्राउ परेका सरोजको अनुसन्धानकै क्रममा उनको कोठा तलासी गर्ने क्रममा थप स्रोत नखुलेको नगद ३७ लाख ४७ हजार ३ सय ५० रूपैयाँ फेला पारी प्रहरीले बरामद गरेको  प्रहरी प्रधान कार्यालयले जनाएको छ।

पक्राउ परेका सरोजसँग थप आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्