नेभिगेशन
नेपाल प्रहरी

पोर्चुगल पठाउने भन्दै लाखौं ठगी: कञ्चनपुरका भीमबहादुर अपराध अनुसन्धानको नियन्त्रणमा

काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई पोर्चुगल पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२६ बस्दै अएका कञ्चनपुरको बेदकोट नगरपालिका–१० का ३३ वर्षीय भीमबहादुर महरा रहेका छन् ।

एक जना पीडितबाट पोर्चुगल पठाइदिने भन्दै २ लाख रुपैयाँ लिई महरा सम्पर्कविहीन बनेपछि घटनाबारे दर्ता भएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले उनलाई सुकेधार, काठमाडौं–४ बाट पक्राउ गरेको हो।

पक्राउ परेका महरालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालय जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्