नेभिगेशन
नेपाल प्रहरी

ब्राउन सुगरसहित गाडी चालक सल्यान प्रहरीको नियन्त्रणमा, अनुसन्धान जारी

सल्यान । सल्यानमा ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार इलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरी टोलीले बागचौर नगरपालिका–२ थारमारे बजार क्षेत्रमा गोप्य सूचनाका आधारमा दाङबाट सल्यानतर्फ आउँदै गरेको गाडी चेकजाँच गर्ने क्रममा चालकको साथबाट ब्राउन सुगर बरामद गरिएको हो।

पक्राउ पर्नेमा बागचौर नगरपालिका–७ का ३७ वर्षीय शोभाराम वली रहेका छन्। उनको साथबाट शुद्ध तौल ४४० मिलिग्राम ब्राउन सुगर  फेला परेको प्रहरीले जनाएको छ।

चालक वलीलाई जेठ १५ गते पक्राउ गरेर जिल्ला अदालत सल्यानबाट सात दिनको म्याद थप अनुमति प्राप्त गरी आवश्यक अनुसन्धान जारी रहेको सल्यान प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्