नेभिगेशन
नेपाल प्रहरी

डीएसपी अर्जुन केसी उत्कृष्ट प्रहरी घोषित

काठमाडौं । जिल्ला प्रहरी परिसर ललितपुरले प्रहरी नायव उपरीक्षक (डीएसपी) अर्जुन केसीलाई २०८३ साल भदौ महिनाको ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषणा गरेको छ।

परिसरका अनुसार डीएसपी केसीले भदौ महिनामा प्रशासन शाखा तथा अपरेसन कमान्डरको जिम्मेवारीमा रही प्रहरी कर्मचारीको प्रभावकारी परिचालन र पुरस्कार तथा दण्डको व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

परिसरका अनुसार उनले जनैपूर्णिमा, भीमसेन जात्रा, कृष्ण जन्माष्टमी, हरितालिका तीज, सम्माननीय राष्ट्रपति तथा विशिष्ट व्यक्तिको सुरक्षा एवं लघुवित्त पीडितहरूको विरोध तथा धर्नालगायतका कार्यक्रमका लागि सुरक्षा योजना तयार गरी प्रभावकारी प्रहरी परिचालनमार्फत शान्ति सुरक्षा कायम गर्न योगदान पुर्‍याएका थिए।

उनको योगदानको उच्च कदर गर्दै भदौ महिनाका लागि ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषणा गरिएको ललितपुर प्रहरीले जनाएको छ।

डीएसपी केसीलाई ललितपुर प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तुलबहादुर कार्कीले  प्रशंसापत्रसहित    सम्मान गरेका हुन ।

परिसरले आगामी दिनमा पनि ललितपुर जिल्लाको अपराध रोकथाम तथा नियन्त्रण, अपराध अनुसन्धान र शान्ति सुरक्षा व्यवस्थापनमा डीएसपी केसीबाट महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गरेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्