नेभिगेशन
नेपाल प्रहरी

चोरी मुद्दाका प्रतिवादीलाई सुर्खेतबाट नियन्त्रणमा लियो बाँके प्रहरीले

नेपालगञ्ज।  बाँके प्रहरीले चोरी कसुर मुद्दाका एक प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बर्दियाको बढैयाताल गाउँपालिका–१ का अनुज मल्लले दर्ता गराएको चोरीसम्बन्धी कसुर मुद्दाको जाहेरी अनुसार उक्त घटनामा संलग्न रहेका काठमाडौं महानगरपालिका–१० बस्ने बिसु खड्कालाई पक्राउ गरिएको हो।

बाँके प्रहरीले जेठ १७ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतको सहयोगमा वीरेन्द्रनगर नगरपालिका–१० बाट खड्कालाई  नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

पक्राउ परेका खड्कामाथि थप अनुसन्धानका लागि बाँके जिल्ला अदालतबाट सोमबार चोरी मुद्दामा ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्