नेभिगेशन
नेपाल प्रहरी

चोरी मुद्दाका ८ वर्षदेखिका फरार प्रतिवादी सल्यान प्रहरीको नियन्त्रणमा

सल्यान। सल्यान प्रहरीले चोरी मुद्दामा ८ वर्षदेखि फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार जाजरकोट जिल्ला अदालतको फैसला पश्चात ८ वर्षदेखि फरार रहेका सल्यानको कुमाख गाउँपालिका-२ सुईकोट बस्ने ३६ वर्षीय मान बहादुर कुमाललाई पक्राउ गरिएको हो।

कुमाललाई जिल्ला अदालत जाजरकोले  २०७४ फागुनमा चोरी मुद्दामा दोषी  ठहर गर्दै ९ महिना ४ दिन कैद सजायको फैसला सुनाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ। उनलाई  अस्थायी प्रहरी पोष्ट नेटाबाट खटिएको आज  गरेको हो।

कयौं वर्षदेखि फरार रहेर आज पक्राउ परेका कुमाललाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सल्यान जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

सल्यान प्रहरीका अनुसार फैसला कार्यान्वयनका क्रममा लामो समयदेखि फरार रहेका व्यक्तिहरूको खोजी कार्यलाई तीव्र बनाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्