नेभिगेशन
सुरक्षा विशेष

संयुक्त राष्ट्रसंघीय प्रहरी समिटबाट फर्किए आईजीपी कार्की र एपीएफ प्रमुख पौडेल

काठमाडौं । संयुक्त राष्ट्रसंघको पाँचौँ युनाइटेड नेशन्स चिफ अफ पुलिस समिटमा सहभागी भएर नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका (एपीएफ) आईजीपी नारायण दत्त पौडेल बुधबार स्वदेश फर्किएका छन्।

न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा असार २३ र २४ गते आयोजित समिटमा नेपालको प्रतिनिधित्व गरेका दुवै सुरक्षा संगठनका प्रमुखलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आ–आफ्ना संगठनका वरिष्ठ अधिकारीहरूले स्वागत गरेका हुन्।

नेपाल प्रहरीका आईजीपी कार्कीलाई अतिरिक्त  एआईजीहरूसहित वरिष्ठ प्रहरी अधिकारीहरूले स्वागत गरेका थिए। त्यस्तै, सशस्त्र प्रहरीका आईजीपी पौडेललाई सशस्त्र प्रहरीका एआईजीहरु,डीआईजी तथा अन्य वरिष्ठ अधिकृतहरूले विमानस्थलमा स्वागत गरेका थिए।

संयुक्त राष्ट्रसंघको आयोजनामा सम्पन्न उक्त समिटमा विश्वका विभिन्न मुलुकका प्रहरी संगठनका प्रमुखहरूले शान्ति स्थापना, अन्तर्राष्ट्रिय सुरक्षा सहकार्य, संयुक्त राष्ट्रसंघीय शान्ति मिसन तथा समकालीन सुरक्षा चुनौतीका विषयमा छलफल गरेका थिए।

नेपालका तर्फबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नेतृत्व गर्दै आईजीपी कार्की र आईजीपी पौडेलले समिटमा सहभागिता जनाएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्