नेभिगेशन
नेपाल प्रहरी

१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय रुद्र प्रहरीको नियन्त्रणमा

सल्यान। प्रहरीले  १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ।

सल्यानमा भएको जबरजस्ती करणी घटनामा प्रहरीले जिल्लाको दार्मा गाउँपालिका-४ लामाडाँडा बुगेनी बस्ने ५५ वर्षीय रूद्र बहादुर चन्दलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार रूद्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दार्माबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

सल्यान प्रहरीले घटनाका बारेमा अनुसन्धान अगाडि बढाउदै आज अदालतबाट रुद्रविरुद्ध म्याद थप गर्ने तयारी गरिरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्