नेभिगेशन
विपद्

भोटेकोशी बाढीमा मृतकको संख्या ५ सय ५३ पुग्यो, विभिन्न जिल्लाबाट शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार साँझ ५ बजेसम्म विभिन्न जिल्लामा गरी ५ सय ५३ जनाको शव फेला परेको छ। नेपाल प्रहरी प्रधान कार्यालयले अद्यावधिक विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।

प्रहरीका अनुसार रसुवामा १३, नुवाकोटमा ३८, धादिङमा ४०, चितवनमा २ सय २२, गोरखामा ४७, तनहुँमा ३१, नवलपरासी पूर्वमा १ सय ३४ र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको छ।

बाढीका कारण प्रभावित तथा जोखिममा रहेका विभिन्न जिल्लाका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य प्रहरीले जारी राखेको छ। स्थानीयवासी तथा सम्बन्धित निकायसँगको समन्वयमा खोज तथा उद्धार कार्यलाई समेत निरन्तरता दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

यस्तै, बाढी तथा पहिरोका कारण विभिन्न स्थानमा अवरुद्ध भएका सडक तथा बाटो खुलाउने कामसमेत भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्