नेभिगेशन
नेपाल प्रहरी

कोहलपुरको जुवाखालबाट समातिए रास्वपाका वडा सभापतिसहित पाँच जना

कोहलपुर। बाँकेको कोहलपुरमा जुवा खेलिरहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक वडा सभापतिसहित पाँच जना पक्राउ परेका छन्।

कोहलपुर नगरपालिका–१३ खड्कवारस्थित टोपबहादुर ओलीको घरको जुवाखालमा शुक्रबार राति जुवा खेल भइरहेको सूचनाका आधारमा पुगेको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको  प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार पक्राउ पर्नेमा कोहलपुर–१२ का धनबहादुर परियार, चन्द्रबहादुर बस्याल र बेलबहादुर डाँगी तथा कोहलपुर–५ का राम गुरुङ र बैजनाथ गाउँपालिका–४ का कुलबहादुर ओली रहेका छन्।

पक्राउ परेका कुलबहादुर ओली रास्वपाका वडा सभापति रहेको खुलेको छ।

प्रहरीले जुवा खेल्न प्रयोग भएको नगद २ लाख २ हजार रुपैयाँ समेत बरामद गरेको छ। पक्राउ परेकाहरूमाथि घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्