नेभिगेशन
नेपाल प्रहरी

७२ वर्षीया हजुरआमाको हत्या गरेको आरोपमा आफ्नै २६ वर्षीय नाती पक्राउ

काठमाडौं । हजुरआमाको हत्या गरेको आरोपमा प्रहरीले नातीलाई पक्राउ गरेको छ। आज बिहान म्याग्दीको बेनी नगरपालिका-२ खबराकी ७२ वर्षीया मनकुमारी घिमिरेको उनकै नातीले हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

बिहान साढे ११ बजे मनकुमारीलाई नाती आशिष बरुवाल (छोरीको छोरा) ले धारिलो हतियार प्रहार गरी हत्या गरे पश्चात् फरार भएका थिए। 

हजुरआमाको हत्या गरेर भाग्दै गरेको अवस्थामा आशिषलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको टोलीले  बेनी नगरपालिका-२ हाडेभिरबाट पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका आशिषलाई हिरासतमा लिएर  घटनाबारे थप अनुसन्धान सुरु गरिएको जिल्ला  प्रहरी कार्यालय म्यादीले  जनाएको छ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्