नेभिगेशन
नेपाल प्रहरी

कुटपिटबाट गम्भीर घाइते भएका ५० वर्षीय झलकको मृत्यु, लोकेन्द्र पक्राउ

बझाङ । कुटपिटबाट गम्भीर घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्लाको दुर्गाथली गाउँपालिका–५ जाफ्रीका ५० वर्षीय झलक जप्रेललाई गत भदौ २२ गते साँझ सामान्य विवादका क्रममा सोही ठाउँका २८ वर्षीय लोकेन्द्र जप्रेलले कुटपिट गरेको प्रहरीले जनाएको छ।

कुटपिटबाट गम्भीर घाइते झलकको धनगढीस्थित केयर टेकर अस्पतालमा उपचार भइरहेको थियो। उपचारकै क्रममा आज  बिहान ७ः५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले लोकेन्द्रलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्