नेभिगेशन
नेपाल प्रहरी

स्रोत नखुलेको झण्डै ३५ लाख नगदसहित किम्ची रेष्टुरेन्टबाट दुई जना पक्राउ

काठमाडौं । स्रोत नखुलेको झण्डै ३५ लाख रुपैयाँ नगद रकमसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौं महानगरपालिका–२९ अनामनगरस्थित किम्ची रेष्टुरेन्टबाट ३४ लाख ९५ हजार रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ पर्नेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ घर भएका ४२ वर्षीय सन्तोष भुषाल र पर्साको वीरगञ्ज महानगरपालिका–२१ घर भएका ४० वर्षीय प्रवेश महत्तो रहेका छन् ।

उनीहरूलाई प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले पक्राउ गरेको हो । बरामद रकमको स्रोत नखुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्