नेभिगेशन
नेपाल प्रहरी

लाखौं रुपैयाँसहित हुण्डी कारोबारमा संलग्न भारतीय नागरिक पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले एक युवकलाई हुण्डी कारोबारको आरोपमा पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत रक्सौलका २७ वर्षीय ओमकुमार रौनियार रहेको प्रहरीले जानकारी दिएको छ।

हुण्डी कारोबारको रकमसहित भारतीय नागरिक मोटरसाइकलमा सवार गरिरहेको भन्ने विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले रौनियारलाई पक्राउ गरेको हो ।

पर्सा प्रहरीका अनुसार रौनियार बुधबार दिउँसो साढे ४ बजेतिर बीआर ०५ क्यू ४३८३ नम्बरको मोटरसाइकलमा सवार रहेको अवस्थामा ६ लाखसहित पक्राउ परेका थिए।

जिल्ला प्रहरी कार्यालय पर्साले भारतीय नागरिक रौनियारविरुद्ध म्याद थप गरेर फौजदारी अपराध अन्तर्गत हुण्डी कारोबार कसुर मुद्दामा अनुसन्धान सुरु गरेको जनाएको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल प्रहरी
एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

हाल बाँके प्रहरी प्रमुखका रूपमा प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले कमाण्ड सम्हाल्दै आएका छन्। गत असोज ७ गतेदेखि कमाण्ड सम्हालेका एसपी जिसी अनुभवी तथा कुशल अनुसन्धान अधिकृतका रूपमा...