नेभिगेशन
नेपाल प्रहरी

एन्फा कोषाध्यक्ष जोशी र लेखापाल पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न सीआईबीलाई अनुमति

काठमाडौं । जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले दुवै जनालाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको हो।

अदालतका सूचना अधिकारी टिकाध्वज कार्कीका अनुसार अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) लाई थप हिरासतको अनुमति दिइएको हो।

सीआईबीले शुक्रबार एन्फा मुख्यालयमा छापा मारेर जोशी र पाण्डेलाई पक्राउ गरेको थियो। उनीहरूमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्