नेभिगेशन
नेपाल प्रहरी

भारततर्फ लैजाने तयारीमा घरमै लुकाइएको १४ सय किलो गाँजा बरामद, एक जना पक्राउ 

काठमाडौं ।। घरभित्रै लुकाएर राखिएको करिब १४ सय किलो गाँजा  सशस्त्र  र प्रहरीको टोलीले बरामद गरेको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ कटैया गाउँस्थित भोला सदाको घरबाट उक्त गाँजा बरामद गरिएको हो।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म पातो र नेपाल प्रहरीको संयुक्त टोलीले आज बिहन करिब पौने १ बजे सदाको घरमा खानतलासी गरेको थियो ।

खानतलासीका क्रममा ५६ वटा बोरामा प्याक गरेर राखिएको अवस्थामा ठूलो परिमाणमा गाँजा फेला परेको प्रहरीले जनाएको छ । गाँजासहित सदालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा पठाइएको छ ।

सीमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा गाँजा बरामद भएकाले उक्त गाँजा भारततर्फ निकासी गर्ने तयारीमा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्