नेभिगेशन
सुरक्षा अपडेट

भोटेकोशी बाढी: त्रिशूली–१ जलविद्युत् आयोजनाबाट थप ११ शव निकालियो

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीपछि माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट बेपत्ता भएकाहरूको खोजीका क्रममा थप ११ जनाको शव फेला परेको छ।

नेपाली सेना र आयोजनाका प्रतिनिधिलगायतको संयुक्त टोलीले गरेको खोजीका क्रममा आज अडिट–३ टनेल क्षेत्रमा ती शव भेटिएका हुन्।

टनेलको जालीमा अड्किएको तथा हिलोले पुरिएको अवस्थामा शवहरू फेला परेको नेपाली सेनाले जनाएको छ।

बाढीपछि आयोजनास्थलबाट ठूलो संख्यामा मानिसहरू सम्पर्कविहीन भएका थिए। बेपत्ता अन्य व्यक्तिको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको सेनाले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्