नेभिगेशन
सुरक्षा अपडेट

बोलेरो जिप दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु

काठमाडौं । इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

बिहीबार सडकमा पल्टिएको प्रदेश १–०१–००१ ज ३७०६ नम्बरको बोलेरो जिपले किच्दा देउमाई नगरपालिका–१ चमैता निवासी अन्दाजी ३५ वर्षीय तीर्थराज बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनाको सूचना पाएपछि इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी निरीक्षकको कमाण्डमा घटनास्थल अनुसान्धान अधिकृतसहितको टोली घटनास्थल पुगेको थियो।

प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाउनुका साथै दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्