नेभिगेशन
सुरक्षा अपडेट

४ किलोमिटर टाढा भेटियो नुहाउने क्रममा बेपत्ता भएकी महिलाको शव 

काठमाडौं । नुहाउने क्रममा बगेर बेपत्ता भएकी एक महिलाको शव फेला परेको छ। सशस्त्र प्रहरीका अनुसार स्याङ्जाको वालिङ नगरपालिका–९ भुम्रेकी ५३ वर्षीया माया पाण्डे मंगलबार बिहान नुहाउन आँधीखोलामा पुगेकी थिइन्। सोही क्रममा खोलाले बगाएपछि उनी बेपत्ता भएकी थिइन्।

घटनाको जानकारी प्राप्त भएपछि वडा प्रहरी कार्यालय वालिङ र सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गुल्म हेडक्वार्टर वालिङबाट सुरक्षाकर्मीको संयुक्त टोली परिचालन गरी खोजी थालिएको थियो।

खोजीका क्रममा पाण्डे बेपत्ता भएको स्थानभन्दा करिब ४ किलोमिटर तल वालिङ नगरपालिका–१३ स्थित शान्तिघाटमा शव फेला परेको हो। ढुंगामा अड्किएको अवस्थामा उनको शव भेटिएको सशस्त्र प्रहरीले जनाएको छ।

फेला परेको पाण्डेको शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाएएर प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको  सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्