नेभिगेशन
नेपाल प्रहरी

नक्कली डीएसपी बनेर ठगी गर्दै हिडेका धनिकलाल परे सक्कलीको फन्दामा

काठमाडौं । नेपाल प्रहरीको नक्कली डीएसपी बनेर ठगी गरेको अरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

धनुषा प्रहरीले नक्कली डीएसपी बनेर ठगी गरेको आरोपमा सिराहास्थित लाहान नगरपालिका-२० का ३० वर्षीय धनिकलाल साह (दिपक)लाई पक्राउ गरेको हो।

दीपकलाई इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको टोलीले जिल्लाको गणेशमान चारनाथ नगरपालिका-४ देखि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।

प्रहरीले दिएको जानकारी अनुसार गणेशमान चारनाथ नगरपालिकाका रमेश श्रेष्ठले दीपकले डीएसपी भनेर धम्की दिएर ५० हजार रुपैयाँ ठगी गरेको उजुरीका आधारमा पक्राउ उनलाई ढल्केबर प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका नक्कली डीएसपी दीपकविरुद्द धनुषा प्रहरीले अदालतबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल प्रहरी
एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

हाल बाँके प्रहरी प्रमुखका रूपमा प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले कमाण्ड सम्हाल्दै आएका छन्। गत असोज ७ गतेदेखि कमाण्ड सम्हालेका एसपी जिसी अनुभवी तथा कुशल अनुसन्धान अधिकृतका रूपमा...