नेभिगेशन
नेपाल प्रहरी

३ किलो अफिससहित भिमलाल पक्राउ

काठमाडौं । ठुलो परिमाणमा अफिमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले ३ तीन किलो ४४ ग्राम अफिमसहित ४४ वर्षीय भिमलाल मोक्तानलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार सिमरा उपमहानगरपालिका-२ सिमरा चोकबाट ३ किलो ४४ ग्राम अफिमसहित मोक्तानलाई इलाका प्रहरी कार्यालय सिमराले  पक्राउ गरेको हो।

सिमरा प्रहरी र लागुऔषध नियन्त्रण ब्युरोसहितको टोलीले  मकवानपुर कैलाश गाउँपालिका-२ बैकुण्ठ बस्ने ४५ वर्षीय  मोक्तानलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

मोक्तान सडकमा हिँडिरहेका अवस्थामा उनको  ब्यागबाट सिमरा प्रहरीसहितको टोलए उक्त अफिम  बरामद गरेर थप अनुसन्धान अगाडि बढाएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल प्रहरी
एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

हाल बाँके प्रहरी प्रमुखका रूपमा प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले कमाण्ड सम्हाल्दै आएका छन्। गत असोज ७ गतेदेखि कमाण्ड सम्हालेका एसपी जिसी अनुभवी तथा कुशल अनुसन्धान अधिकृतका रूपमा...