नेभिगेशन
नेपाल प्रहरी

एसएसपी श्यामकृष्ण अधिकारी नेतृत्वको प्रदेश प्रहरी कार्यालय कार्यसम्पादनमा उत्कृष्ट 

काठमाडौं । प्रहरी प्रधान कार्यालयले गरेको कार्यसम्पादन मूल्यांकनमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा उत्कृष्ट हुन सफल भएको छ। देशभरका  प्रदेश प्रहरी कार्यालयतर्फ प्रदेश प्रहरी कार्यालय पोखराले गरेको कामको मूल्यांकन र कार्यसम्पादनका आधारमा देशभरमै उत्कृष्ट बन्न सफल भएको हो।

प्रदेश प्रहरी कार्यालय पोखराको नेतृत्व  प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) श्यामकृष्ण अधिकारीले सम्हाल्दै आएका छन्।

एसएसपी अधिकारीले कार्यालयको कमान्ड सम्हालेपछि अपराध नियन्त्रण, अनुसन्धानको प्रभावकारिता तथा मातहतका प्रहरी इकाइको नियमित अनुगमन र निरीक्षणलाई प्राथमिकतामा राख्दै आएका छन्। प्रहरी कर्मचारीको कार्यक्षमता र मनोबल अभिवृद्धिका लागि आन्तरिक गतिविधिलाई समेत उनले अघि बढाएका छन्।

कार्यसम्पादनलाई परिणाममुखी बनाउने तथा मातहतका इकाइलाई थप जिम्मेवार र सक्रिय बनाउने उनको नेतृत्व शैलीलाई कार्यालयको उपलब्धिसँग जोडेर हेरिएको हो।

अधिकारीसँग यसअघि ललितपुरजस्तो संवेदनशील जिल्लामा एसएसपीका रूपमा नेतृत्व गरेको अनुभव छ। त्यसअघि उनले बाँके प्रहरी प्रमुख ९एसपी० को जिम्मेवारीसमेत सम्हालिसकेका छन्।

विभिन्न जिल्लामा प्रहरी कमान्ड सम्हाल्दै अपराध नियन्त्रण, शान्ति सुरक्षा र प्रहरी संगठनको कार्यसम्पादनमा काम गरेको अनुभव अधिकारीसँग रहेको छ। पोखरामा प्रदेश प्रहरी कार्यालयको नेतृत्व सम्हालेपछि पनि उनले मातहतका प्रहरी संरचनाको प्रभावकारी परिचालन र अनुगमनलाई निरन्तरता दिँदै आएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्