नेभिगेशन
सुरक्षा अपडेट

लुम्बिनीमा चट्याङले एक किशोरीको मृत्यु,हावाहुरीले प्रहरी कार्यालयदेखि विभिन्न भवनमा क्षति

नेपालगन्ज । लुम्बिनी प्रदेशमा आएको हावाहुरीसहित वर्षा लगायत चट्याङले एक जनाको ज्यान लिनुका साथै कयौं घरमा क्षति पुर्‍याएको छ। नेपाल प्रहरीले दिएको जानकारी अनुसार चट्याङले रोल्पामा एक किशोरीको मृत्यु भएको छ।

चट्याङ लागेर मृत्यु हुनेमा रोल्पा नगरपालिका- १० कुटिबाङकी १५ वर्षीया किशोरीको मृत्यु भएको हो। ती किशोरी सुनिलस्मृति गाउँपालिकास्थित आफन्तको घरमा बस्न गएका बेला चट्याङ लागेको थियो ।

त्यसैगरी बाँकेको डुडुवा गाउँपालिकास्थित  इलाका प्रहरी कार्यालय बनकट्टीको तीनको छानो हावाहुरीले उडाएको छ भने नेपालगन्जको सुर्खेत रोडमा पनि हावाहुरीले क्षति गरेको छ । त्यहाँको सडकको बीच भागमा रोपिएका बोटबिरूवा ढलेका छ्न् ।बर्दियाको मधुवन नगरपालिका-१ स्थित शंकर रावलको  एकतले दुई कोठे घरमा चट्याङ लागेर जलेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार रोल्पाको गंगादेव गाउँपालिका र अर्घाखाँचीको पाणिनि गाउँपालिकामा पनि हावाहुरीले क्षति गरेको छ भने पाल्पाको बल्डेङगढीस्थित वडा कार्यालयको भवनको टिनको छानो हावाहुरीले उडाइदिएको छ । ती दुबै भवनमा तत्काल बस्न सक्ने अवस्था नभएको प्रहरीले जनाएको छ। यसैगरी  पाल्पाको तानसेन नगरपालिका वडा नं ६ मा सञ्चालित महोत्सवमा रहेका स्टलहरु हावाहुरीले भत्काइदिएको हो।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्