नेभिगेशन
सुरक्षा अपडेट

पोखरीमा डुबेर ८ र १० वर्षीय सहोदर दाजुभाइको मृत्यु

काठमाडौं पोखरीमा डुबेर सहोदर दाजुभाइको मृत्यु भएको छ । पश्चिम नवलपरासीस्थित सुनवल नगरपालिका-६ पुलटोलका विष्णु कुँवरका दुई छोराहरूको  पोखरी डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार १० वर्षीय बालक विप्सन र ८ वर्षय दिप्सनको पोखरीमा डुबेर मृत्यु भएको हो।

प्रहरीलाई पोखरीमा एक बालक तैरिहरेको स्थानीयले खबर गरेपछि खोजी गर्न जांदा प्रहरीले अर्का बालकको पनि शव तैरिएको अवस्थामा फेला परेको नवलपरासी पश्चिम् प्रहरीले जानकारी दिएको छ।

विष्णुका छोरा विप्सन ४ मा र दिप्सन २ कक्षाम स्थानीय जनसेवा माध्यमिक विद्यालयमा अध्ययनरत थिए । पौडी खेल्ने क्रममा दुबै बालक डुबेको हुन सक्ने प्रहरीको  प्रारम्भिक अनुसन्धानमा देखिएको नवलपरासी प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्