नेभिगेशन
सुरक्षा अपडेट

रोल्पामा ठ्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

दाङ रोल्पामा भएको ठ्याक्टर दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दाङको घोराही- ४ का २९ वर्षीय खिमबहादुर सुनारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। 

प्रहरीका अनुसार रोल्पाको परिवर्तन गाउँपालिका-३ बागमारामा  लु।प्र ०२–००१ त ८९ नम्बरको ठ्याक्टर दुर्घटनामा परेको थियो। 

चुनबाङ भित्री सडक खण्ड अन्तर्गत दुई खोलीदेखि बागमारातर्फ जाँदै गरेको उक्त ठ्याक्टर आफै अनियन्त्रित भई सडकदेखि झन्डै ६ मिटर तल खसेको थियो। त्यसैले च्यापेर चालक सुनारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

ठ्याक्टर चालक एक्लै सवार रहेको रोल्पा प्रहरीले जानकारी दिएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्