नेभिगेशन
सुरक्षा अपडेट

मापसेको तालमा कार चलाउँदा भयानक दुर्घटना,११ हजर भोल्टको बिजुलीको पोल सडकमा

काठमाडौँ । मादक पदार्थ सेवन (मापसे)  गरेर कार चलाउँदा भयानक दुर्घटना भएको छ। 

मापसे गरेर चलाएको कारले  ठक्कर दिँदा ललितपुरको सातदोबाटो–हात्तीवन ओरालोमा बिजुलीको पोल नै भाँचिएर बीच सडकमा पुगेपछि यातायात आवागमन रोकिएको छ ।

विजुलीको पोलमा ठोक्किएको कारमा सवार तीन जना घाइते भएर बीएण्डबी अस्पताल पठाइएको छ ।

गएराति मादक पदार्थ सेवन गरेर गाडी चलाउँदा भयानक दुर्घटना भएको हो । उक्त क्षेत्रमा ११ हजार भोल्टको बिजुलीको तार रहेको छ । पोल जोखिममा रहेकाले  एकतर्फीमात्रै बाटो खुला गरिएको छ । 

बा १५ च ७६५२ नम्बरको कार दुर्घटनामा परेको हो । कारलाई रुपक सापकोटाले चलाएका थिए । चालकलाई प्रहरीले नियन्त्रणमा लिएर राखेको छ । अमरध्वज पौडेल, विशाल विक र मुकेश लामिछाने घाइते रहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्