नेभिगेशन
सुरक्षा अपडेट

बाथरुममा लडेर प्रचण्ड घाइते

काठमाडौँ पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नै बाथरुममा लडेर घाइते भएका छन्  ।

अध्यक्ष प्रचण्ड  गएराति आफ्नै घरको बाथरुममा लडेका हुन् । 

प्रचण्डको टाउकोमा चोट लागेको बताइएको छ । उनलाई चोट लागेपछि गएराति नै मेडिसिटी अस्पताल लगिएको थियो । 

उनको चोट सामान्य रहेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ। प्रचण्ड अस्पतालबाट डिस्चार्ज भएको बताइएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्