नेभिगेशन
सुरक्षा अपडेट

बाँकेको कुसुममा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको घटनास्थलमै मृत्यु, चालक गम्भीर घाइते

नेपालगञ्ज । बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । 

आज विहान साढे ११ बजेतिर पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुम सौरीमा बागमती प्रदेश ०-०६ ख ३५९३ नम्बरको बसको ठक्करबाट भे ९ प ६४२८ नम्बरको मोटरसाइकलमा पछाडि सवार राप्तीसोनारी-९ का ३२ बर्षीय सुदिप सुवेदीको घटनास्थलमै मृत्यु भएको थियो।

प्रहरीका अनुसार दुर्घटनामा परी मोटरसाइकल चालक ३७ बर्षीय हिरा सिंह वली गम्भीर घाइते भएका छन् । वलीको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।

पूर्वतर्फ जाँदै गर्दा बसले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्