नेभिगेशन
सुरक्षा अपडेट

नेपालगन्जको बाले गाउँमा महिलाको शव भेटियो, खुल्न सकेन पहिचान

नेपालगन्ज बाँकेको नेपालगन्जस्थित बाले गाउँमा पहिचान नखुलेको महिलाको शव फेला परेको छ। 

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज-१४ बाले गाउँको हिरमिनिया जाने सडकमा बैशाख २४ गते ६ बजे अन्दाजी ४०/४५ वर्षीय महिलाको शव फेला परेको हो।

सडक किनारमा घोप्टो परेको अवस्थामा फेला परेको महिलाको हालसम्म पहिचान खुल्न नसकेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।

बाँके प्रहरीले अनुरोध गर्दै भनेको छ-" हाल मृतक महिलाको शव भेरी अस्पतालको शव गृहमा राखिएको छ। माथि उल्लेखित व्यहोरा अनुसारको मृतक महिलालाई चिन्नहुनेले भेरी अस्पतालको शव गृहमा गएर शवको पहिचान गर्नुहोला।"

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्