नेभिगेशन
नेपाल प्रहरी

बाँके आएर डीआईजी भट्टले भने-प्रत्येक प्रहरी कर्मचारीबाट प्रहरी आचरण र आचारसंहिताको पालना होस्

नेपालगन्ज । लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेन्द्र प्रसाद भट्टले जिल्ला प्रहरी कार्यालय बाँकेको निरीक्षण गरेका छन् ।

आज जिल्ला प्रहरी कार्यालय परिसर आएर डीआईजी भट्टले कार्यालयको हिरासत कक्षसहित आन्तरिक तथा बाह्य निरीक्षणका साथै विभिन्न शाखाहरुबाट सम्पादित कार्य विवरणको बारेमा जानकारी लिएको बाँके प्रहरी प्रवक्ता डीएसपी दिपक पातलीले बताए । 

डीआईजी भट्टले जिल्ला प्रहरी बाँकेमा कार्यरत तथा विभिन्न युनिट इन्चार्ज लगायत सबै प्रहरी कर्मचारीलाई समाजको शान्ति सुरक्षामा प्रहरीको उपस्थिति जनाई प्रमाणमुखी अपराध अनुसन्धान र अभिलेख व्यवस्थापनमा जोड दिन निर्देशन दिएका हुन्।

साथै उनले  सांगठनिक मूल्य र मान्यता अनुरूप काम कारवाही गर्न, जनमुखी प्रहरी सेवा प्रवाह गर्न र प्रत्येक प्रहरी कर्मचारीले प्रहरी आचरण तथा आचारसंहिताको अक्षरस पालना गर्न  निर्देशनसमेत दिएका थिए।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्