नेभिगेशन
सुरक्षा विशेष

कांग्रेसको दाबी: भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक निर्दोष छन्

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक निर्दोष रहेको नेपाली कांग्रेसले दाबी गरेको छ।

आजको कांग्रेस पदाधिकारी बैठकबाट गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा संलग्न नरहेको निष्कर्ष निकालेको नेपाली कांग्रेसले जानकारी दिएको छ।

कांग्रेसले गृहमन्त्री लेखक यस प्रकरणमा संलग्न नरहेको भन्दै जो-जो संलग्न भएका छन् उनीहरुलाई कारबाही हुनुपर्ने जनाएको छ।

यता नेकपा माओवादी केन्द्रले गृहमन्त्री लेखकले राजिनामा दिएर अनुसन्धान प्रक्रियालाई सघाउन माग गरेको छ। गृहमन्त्रीकै विषयलाई लिएर भोलि प्रतिपक्षी दलहरुले संसद अवरुद्ध पार्ने तयारी गरेको बताएका छन् ।

 

 

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"