नेभिगेशन
सुरक्षा विशेष

राप्रपा सांसदहरुका सुरक्षा गार्डलाई सरकारले बोलायो फिर्ता

काठमाडौं । सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाही,दिपक सिंह र ध्रुवबहादुर प्रधानको सुरक्षामा खटिएका प्रहरीहरुलाई  फिर्ता बोलाएको छ ।  राप्रपाबाट संसद र समितिमा जिम्मेवारी पाएका सांसदहरुले पाउने सुरक्षा अधिकृत (पीएसओ) हरुलाई सरकारले आज फिर्ता बोलाएको हो। 

प्रमुख सचेतक शाही, पूर्वाधार विकास समिति सभापति सिंह र सांसद ध्रुवबहादुर प्रधानको सुरक्षार्थ खटिएका प्रहरीलाई फिर्ता बोलाइएको राप्रपाले बताएको छ । प्रधानलाई पूर्वआईजेरपी रहेकोले पिएसओ दिइएको थियो।

प्रहरीका अनुसार नियमित ब्रिफिङका लागी सांसदहरुको सुरक्षामा खटिएका प्रहरीहरुलाई बोलाइएको हो । 

पीएसओ फिर्ता बोलाइएपछि राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पीएसओ हटाएको विषयमा आपत्ति नभएपनि सरकारले विभेद गरेको विषय भने निन्दनीय भएको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"