नेभिगेशन
सुरक्षा विशेष

रवि लामिछानेलाई लगियो नख्खु कारागार

काठमाडौं । रवि लामिछानेलाई रुपन्देही जिल्ला कारागारबाट सरुवा गरेर ललितपुरको नख्खु कारागारमा ल्याइएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति  लामिछानेलाई आज बुद्ध एयरको जहाजबाट भैरहवाबाट काठमाडौँ ल्याएर नख्खु कारागारमा लगिएको हो।

बुटवलस्थित सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि  कारागारमा थुनामा रहेका लामिछानेले गत जेठमै काठमाडौँस्थित नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए। अदालतले अनुमति दिए पनि गृह प्रशासनले सरुवा प्रक्रिया रोकेको थियो।

आज लामिछानेलाई नख्खु कारागारमा लैजाने क्रममा कारागारबाहिर नेता तथा कार्यकर्ताको भीड लागेको थियो । उनीहरूले लामिछानेको पक्षमा नाराबाजी गरेका थिए ।

अहिले लामिछानेलाई नख्खु कारागारमा राखिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्