नेभिगेशन
सुरक्षा विशेष

बदमासी गरेको भेटिएपछि भेरी अस्पताल फार्मेसीका दुई कर्मचारी निलम्बित

नेपालगन्ज। नेपालगन्जस्थित भेरी अस्पतालको फार्मेसीका दुई जना कर्मचारीलाई गलत कार्य गरेको भेटिएपछि निलम्बन गरिएको छ।

अस्पताल प्रशासनले अस्पताल फार्मेसीका दुई जना कर्मचारीलाई वीमामा आवद्ध भएका एक जना बिरामीबाट औषधि वाफतको रकम क्यासमा रिर्टन गरेको पाइएपछि  तत्कालका लागि निलम्बित गरेको जनाएको छ।

ती दुई कर्मचारीलाई निलम्बन गरेर स्पष्टीकरण सोधिएको भेरी अस्पताल प्रशासनले जानकारी दिएको छ।

अस्पतालका अनुसार गलत कार्य गर्ने एक जना कर्मचारीलाई शुक्रबार र अर्का एकलाई मंगलबार निलम्वन गरिएको हो । निलम्बित भएका उनीहरुमाथि अस्पताल प्रशासनले आन्तरिक अनुसन्धान गरिरहेको  मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले बताए ।

अस्पताल प्रशासन श्रोतका अनुसार उनीहरुले दिने स्पष्टिकरणका आधारमा कारवाही प्रक्रिया अगाडि बढ्ने भएको छ। उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन् ।

अस्पताल फार्मेसीलाई व्यवस्थित बनाउनका निमित्त अनुगमनलाई समेत सघन बनाएको अस्पताल प्रशासनले त्यहीक्रममा फार्मेसी काउन्टरका ती कर्मचारीको बदमासी भेटिएको भेरी अस्पतालले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्