नेभिगेशन
सुरक्षा विशेष

जेनजी प्रदर्शन अपडेट: हालसम्म मृतकको संख्या १६ पुग्यो

काठमाडौं काठमाडौंको नयाँ बानेश्वरमा हिंसात्मक बनेको जेनजीको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १६ पुगेको छ । काठमाडौंस्थित ट्रमा सेन्टरमा थप २ जनाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

यो सँगै उपत्यकाका विभिन्न अस्पतालमा मृत्यु हुनेको संख्या १६ पुगेको हो । ट्रमा सेन्टरमा मात्रै मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएकाहरूको अहिले विभिन्न अस्पतालमा मृत्यु भएको हो ।

यसैगरी सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जना प्रदर्शनकारीको मृत्यु भएको छ । अहिलेसम्म कुल १६ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्