नेभिगेशन
सुरक्षा अपडेट

जेन-जी प्रदर्शन: ठाँउ-ठाँउमा प्रहरीसँग झडप

काठमाडौँ । जेन-जीको प्रदर्शन आज पनि जारी छ। सोमबारको भएको जेन-जी प्रदर्शनमा १९ जनाको मृत्युु  भएपछि आज  जेन-जीको प्रदर्शन थप आक्रामक भएको हो । 

आज बिहानैदेखि काठमाडौँको कलंकीमा टायर बालेर जेन-जीको प्रदर्शन भइरहेको छ । प्रदर्शनका क्रममा ठाउँ ठाउँमा प्रहरीसँग झडप समेत भइरहेको छ । 

आज बिहानदेखि काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी भए पनि त्यसको परवाह नगरी जेन-जीहरु सडकमा निस्कन थालेका छन्। 

आज जेन-जीको प्रदर्शन कडा हुने आकलन गरिएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्