नेभिगेशन
सुरक्षा विशेष

सञ्चारमन्त्री गुरुङको घरमा आगजनी, प्रदर्शनकारीले हरिसिद्धी प्रहरी प्रभागमा पनि गरे आगजनी

काठमाडौं । जेन-जी समूहले ललितपुरको हरिसिद्धी प्रहरी प्रभागमा आगजनी गरेको छ।सोमबार १९ जनाको ज्यान गएपछि जेन-जी युवाहरूको समूह आज बिहानैबाट प्रदर्शनमा उत्रिएका छन् ।

आक्रोशित प्रदर्शनकारीको समूह प्रहरीको घेरा तोड्दै कार्यालयमा आगजनी गरेका छन।

त्यसैगरि जेन-जी समूहले सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी गरेको छ ।

केहीबेरअघि मन्त्री गुरुङको घरमा पुगेर प्रदर्शनकारीहरूले आगजनी गरेका हुन् ।सुरुमा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका थिए । आक्रोशित उक्त भिडले मन्त्री गुरुङको घरमा आगजनी गरेको एक सुरक्षा अधिकृतले जानकारी दिए ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्