नेभिगेशन
सुरक्षा विशेष

प्रदर्शन: प्रचण्ड निवासमा जेन-जी युवाले गरे आगजनी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड निवासमा जेन-जी युवाले आगजनी गरेका छन् ।

ललितपुरको खुमलटारस्थित ‘प्रचण्ड’को  निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् ।

सुरुमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले त्यसपछि आगजनी गरेका हुन् । स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एक जना अधिकृतले बताए ।

जेनजी पुस्ताले सोमबारबाट सुरु गरेको आन्दोलन उग्र बनेको छ । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्