नेभिगेशन
सुरक्षा विशेष

जेन-जी प्रदर्शन: भक्तपुरको बालकोट र झापामा गोली चल्यो, ४ जना गम्भीर घाइते

काठमाडौं । भक्तपुरको बालकोटमा प्रहरीले गोली चलेको छ । गोली लागेर दुई जना घाइते छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रदर्शनकारी प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासतर्फ अघि बढेका थिए ।

यसैगरी झापाको बिर्तामोडमा जेनजी युवाहरूको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ ।

प्रहरीको गोली लागेर दुई जना गम्भीर घाइते भएका छन् । उनीहरूको पेटमा गोली लागेको छ । घाइतेहरूलाई उपचारका लागि बीएन्डसी अस्पताल लगिएको छ ।

सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाको विरोधमा सोमबारदेखि सुरु भएको प्रदर्शनमा अहिलेसम्म काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्यु भएको थियो । ‌

मंगलबार पनि युवाहरू बिहानैदेखि देशभर प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद बिघटन हुनुपर्ने भन्दै नारावाजी गरिरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्