नेभिगेशन
सुरक्षा विशेष

नेपालगन्जमा गोली चल्यो, उच्च अदालतदेखि जिल्ला प्रशासन लगायतका कार्यालयमा आगजनी

नेपालगन्ज। नेपालगन्जमा जेनजीको प्रदर्शन उग्र बनेपछि प्रहरीले गोली चलाएको छ । आन्तरिक राजश्व कार्यालयमा आगजनी गर्न खोजेपछि प्रहरीले रवर गोली प्रहार गरेको छ । आधा दर्जन बढीलाई गोली लागेको छ।

उनीहरुको सञ्जिवनी कजेज अफ मेडिकल साइन्सेस नेपालगन्जमा उपचार भइरहेको छ । अस्पतालका प्रशासन शाखा प्रमुख कुमार अधिकारीका अनुसार अहिलेसम्म ७ जना घाइतेलाई अस्पताल ल्याइएको छ । उनीहरुको निःशुल्क उपचार भइरहेको उनले बताए ।

अस्पतालले सामाजिक उतरदायित्व अन्तर्गत उनीहरुको उपचार गर्ने घोषणा गरेको छ । प्रदर्शनकारीहरुले नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका लगायतका सरकारी कार्यालयमा आगजनी गरेका छन् । आन्दोलन प्रहरीको नियन्त्रणमा बाहिर पुगेको छ।

प्रदर्शनकारीले बाँके जिल्ला अदालत ,नेपालगन्ज उच्च अदालत ,वडा प्रहरीको गाडी कलाएका छन्। अदालत जलाउने क्रममा अदालतमा रहेका थुनुवा समेत फरार भएका छन।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"