नेभिगेशन
सुरक्षा विशेष

नख्खु कारागारका सबै कैदी बाहिर निस्किए,अहिले भयो कारागार खाली

काठमाडौं । जेनजीहरूको उग्र प्रदर्शनपछि ललितपुरको नख्खु कारागारमा रहेका सबै कैदी निस्किएका छन् ।

रास्वपा सभापति रवि लामिछानेसहितका कैदीहरू प्रदर्शन उग्र बनेपछि कारागारबाट बाहिरिएका हुन् ।


कारागारबाहिर प्रदर्शनकारीहरू पुगेसँगै कारागार प्रशासन निरीह बन्न पुगेको थियो । लगत्तै, लामिछानेसहितका कैदीहरू बाहिरिएका छन् ।


ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार, अहिले कारागार पूरै खाली भएको छ । ‘कोही पनि कैदी अहिले कारागारमा छैनन्,’ अधिकारीले भने ।


सोमबार र मंगलबार भएको प्रदर्शन अराजक बन्न पुगेको थियो ।


जेनजी प्रदर्शकारीले गरेको प्रदर्शनका कारण २० बढीको मृत्यु भइसकेको छ ।


देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री लगायत उच्च पदस्थहरूको कार्यालयमा आगजनी भएको छ । सबै संरचना ध्वस्त भएका छन् ।v

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"