नेभिगेशन
सुरक्षा विशेष

कपिलवस्तु कारागारबाट ४७० कैदी भागे,अदालतमा आगो लगाए

काठमाडौं । कपिलवस्तुस्थित जिल्ला कारागारका कैदीबन्दीले कारागार तोडफोड गरी भागेका छन् । जेनजी आन्दोलनको मौका पारेर कारागार तोडफोड गरी ४ सय बढी कैदी भागेको प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले पुष्टि गरे ।

कारागारमा ४७० जना कैदी थिए । तीमध्ये ३५ जना भने कारागारमै रहेको प्रमुख जिल्ला अधिकारीले बताए। दुई ब्लकबाट भागेका भागेकामध्ये २० जनालाई पक्राउ गरिएको उनले बताए ।

कारागारबाट फरार भएका कैदी बन्दीले नजिकै रहेको कपिलवस्तु अदालतमा तोडफोड र आगजनी गरेका छन् । आगजनीबाट कारागारका कागजातहरू जलेका र भवनको संरचना तथा उपकरणहरूमा समेत क्षति पुगेको छ ।

यसैगरी भरतपुर कारागारमा रहेका कैदी, बन्दीहरुलाई बाहिर निस्किएका छन्।उनीहरु पोको पुन्तरो बोकी लामबद्ध भएर सडकमा हिँडिरहेका छन्।

बुधबार विहान कैदीहरुले कारागार तोडफोड गर्दै आगजनी गर्न थालेपछि उनीहरुलाई नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मे परेको थियो।

आगजनी गर्न थालेपछि कारागारमा तैनाथ सुरक्षाकर्मीहरु कैदीहरुलाई छाड्न बाध्य भएका थिए।

भरतपुर कारागारमा ७ सय बढी कैदी, बन्दी थिए।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"