नेभिगेशन
सुरक्षा विशेष

सुन्धारा केन्द्रीय कारागारबाट ३३ सय कैदी फरार,टोपबहादुर रायमाझी र पूर्व गृहसचिव पाण्डे पनि फरार

काठमाडौं । काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट करिब ३३ सय कैदीबन्दी फरार भएका छन् ।कारागारमा रहेका ३८ सय कैदीबन्दीमा अहिले करिब ५ सयको हाराहारीमा मात्रै रहेका छन् । 

भद्रबन्दी गृहमा १ सय जना रहेको स्रोतले बतायो ।त्यसैगरी महिला बन्दी गृहमा १ सयको हाराहारीमा कैदीबन्दी छन् । सेन्ट्रेल कारागारमा भने करिब ३ सयको हाराहारीमा कैदी रहेका छन् ।

भद्र बन्दीगृहमै रहेका टोपबहादुर रायमाझी पनि भागेको स्रोतले बतायो । उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा थिए । उनीसँगै सोही मुद्दामा कारागारमा रहेका पूूर्व गृहसचिव टेकनारायण पाण्डे पनि फरार भएका छन् ।

त्यस्तै भागेका मध्ये केही कैदीबन्दी भने कारागार फर्कन पनि थालेका छन् । अहिलेसम्म करिब ५० जना कैदीबन्दी कारागार फर्केको स्रोतले बतायो । अझै केही कैदीबन्दी फर्कने क्रममा रहेको बताइएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्