नेभिगेशन
सुरक्षा विशेष

यी हुन् जेन-जी आन्दोलनमा आगजनीमा ध्वस्त, तोडफोड र लुटपाट गरिएका बाँकेका संरचना

नेपालगन्ज । भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा बाँकेमा अधिकांश सरकारी कार्यालयमा आगजनी गर्दै लूटपाट भएका छन् । बाँकेका दुई वटा राजनीतिक दलका कार्यालय, एक जना मेयरको निजी निवासमा पनि आगजनी भएको छ।

प्राप्त विवरण अनुसार बाँकेका सरकारी कार्यालयमध्ये जिल्ला प्रशासन कार्यालय बाँके , आन्तरिक राजस्व कार्यालय , उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलास, बाँके जिल्ला अदालत, नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय,  कोहलपुर नगरपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका नेपालगन्ज भन्सार कार्यालय,राजस्व अनुसन्धान कार्यालय कोहलपुर ,नापी र मालपोत कार्यालय , यातायात कार्यालय, इलाका प्रहरी कार्यालय जयसपुर, हुलाक कार्यालय ,कृषि ज्ञान केन्द्र , ट्राफिक प्रहरी कार्यालय नेपालगन्ज लगायत दर्जनौं सरकारी कार्यालयमा आगजनी र लूटपाट भएका हुन् ।

त्यसैगरी नेपाली कांग्रेस र नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी भएका छन् । आगजनीमा सबै सरकारी कार्यालयमा रहेका सरकारी सवारीसाधनमा समेत आगजनी भएका छन् भने सरकारी कार्यालयमा रहेका  सबै जिन्सी सामाग्री , कागजात , भन्सार कार्यालयमा लिलामका लागि  रहेका मोटरसाइकल लुटपाट भएको हो।

यस्तो आगजनी लुटपाट भएका संरचनाहरुको विवरण -

१. नेपालगन्ज उपमहानगरपालिका

२. आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

३. बाँके जिल्ला अदालत

४. उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलास

५. भूमि सुधार तथा मालपोत कार्यालय नेपालगन्ज

६. नापी कार्यालय नेपालगन्ज

७. यातायात व्यवस्था कार्यालय नेपालगन्ज

८. नेपालगन्ज भन्सार कार्यालय

९. इलाका प्रहरी कार्यालय जयसपुर

१०. जिल्ला प्रशासन कार्यालय बाँके

११. कृषि ज्ञान केन्द्र

१२. जिल्ला हुलाक कार्यालय

१३. जमुनाहा हेल्थ डेस्क

१४. ट्राफिक प्रहरी कार्यालय नेपालगन्ज

१५. नरैनापुर गाउँपालिकाको कार्यालय

१६. नरैनापुर गाउँपालिका वडा नम्बर ४ को कार्यालय

१७. नरैनापुर गाउँपालिका वडा नम्बर ६ को कार्यालय

१८. डुडुवा गाउँ कार्यपालिकाको कार्यालय

आगजनी गरिएका पार्टी कार्यालयहरू

१९. नेपाली काँग्रेस बाँकेको कार्यालय

२०. नेकपा एमाले बाँकेको कार्यालय

कोहलपुर क्षेत्रमा आगजनी भएका संरचना

२१. कोहलपुर नगर कार्यपालिकाको कार्यालय

२२. आन्तरिक राजस्व कार्यालय कोहलपुर

२३. कोहलपुर नगरप्रमुख पूर्णप्रसाद आचार्यको निजी घर

२४. कोहलपुर वडा नम्बर ८ को कार्यालय

२५. कोहलपुर वडा नम्बर ९ को कार्यालय

२६. कोहलपुर वडा नम्बर ११ को कार्यालय

२७. कोहलपुर वडा नम्बर १४ को कार्यालय

२८. इलाका प्रशासन कार्यालय कोहलपुर

२९. कोहलपुर नगर विकास समितिको कार्यालय

३०. महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा कोहलपुर

३१. कोहलपुर नगरपालिका रोजगार शाखा

३२. नगरस्तरीय युवा सञ्जाल कोहलपुर

तोडफोड भएका संरचना (नेपालगन्ज)

३३. पुस्पलाल चोक

३४. गणेशमान चोक

३५. वीपी चोक

३६. सेतु विक चोक

तोडफोड भएका संरचना (कोहलपुर)

३७. कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीको घर

३८. कोहलपुर-११ की वडाध्यक्ष कल्पना शर्माको घर

३९. मालपोत कार्यालय कोहलपुर

४०. नापी कार्यालय कोहलपुर

४१. यातायात व्यवस्था कार्यालय कोहलपुर

४२. नेपाल विद्युत् प्राधिकरण कोहलपुर वितरण केन्द्र

कोहलपुरका पार्टी कार्यालयहरू

४३. नेकपा (माओवादी केन्द्र) नगर समितिको कार्यालय कोहलपुर

४४. नेपाल कम्युनिष्ट पार्टी (एमाले) नगर समिति कोहलपुर

४५. नेपाली काँग्रेस क्षेत्र नम्बर १ को कार्यालय कोहलपुर

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्