नेभिगेशन
नेपाल प्रहरी

श्रोत नखुलेको लाखौं रुपैयाँसहित ३६ वर्षीय मुन्ना पक्राउ

काठमाडौं । श्रोत नखुलेको लाखौं रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

रौतहटको मौलापुर नगरपालिका-३ बाट स्रोत नखुलेको नगद ११ लाख ४७ हजार रूपैयाँ सहित बारा सिम्रौनगढ नगरपालिका-११ भवानीपुर बस्ने ३६ वर्षीय मुन्ना प्रसाद जैसवाललाई प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले हरनैयाबाट देवाहीतर्फ जाँदै गरेको म.प्र-०३-०३३ प ३११० नम्बरको मोटरसाइकलमा सवार उनलाई आज उक्त नगद सहित पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

रौतहट प्रहरीले यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्