नेभिगेशन
नेपाल प्रहरी

पर्सामा प्रहरीले चलायो गोली

पर्सा । पर्सामा प्रहरीले गोली चलाएको छ। प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले  २ राउन्ड हवाई फायर गरेको हो।

जिल्लाको पटेर्वासुगौली गाउँपालिका–१, मलाही टोलमा आइतबार राति करिब १० बजे गाँजाको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी निरीक्षक समुन्नत अधिकारीको कमान्डमा खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरी टोलीले कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन खोज्दा अवस्था तनाब भएपछि नियन्त्रणमा लिन २ राउन्ड हवाई फायर गरेको पर्सा प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा स्थानीय नन्दलाल सहनी, महेश सहनी र बुढी सहनी रहेका छन्। उनीहरूको साथबाट करिब ३३ किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर लागूऔषध कारोबारसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्